Friday, December 11, 2015

अख्तियारको अनुसन्धानलाई सहयोग हुन्छ : सचिव ज्ञवाली

कावासोती, २५ मङ्सिर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताउनुभएको छ ।

तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उहाँले भन्नुभयो – “अहिले एन्फाका गणेश थापाको जस्तो अनुसन्धान पूर्वाग्रही छ कि भन्ने हो ।” अख्तियारले थापालाई भ्रष्टाचारी ठहर नगरेको अवस्थामा फिफाले उनको भ्रष्टाचारलाई ठहर गरेको छ ।

आज एमाले नवलपरासी क्षेत्र नं २ को प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले जुन औलामा बिष लागेको छ त्यही औँला मात्र झर्ने भएकाले अख्तियारको अनुसन्धानबाट तर्सन नपर्ने उल्लेख गर्नु भयो ।

मधेसको नाममा उत्पीडित र शोषित वर्ग अन्यायमा परेकाले अब उत्पीडित र शोषित वर्गको पक्षमा एमालेले कार्यक्रम लिएर बस्तीबस्ती पुग्ने बेला आएको ज्ञवालीले बताउनुभयो ।

वर्गीय र सामाजिक उत्पीडन छ त्यसैलाई हल गर्न अब लाग्नुपर्छ उहाँले भन्नुभयो – “यो संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ ।
प्रशिक्षण कार्यक्रममा एमालेको केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नं ४ का सांसद बैजनाथ चौधरीले मधेसका नाममा जमिदारले अधिकार लिएको दाबी गर्नुभयो । पञ्चायतकालकै जमिदारले प्रजातन्त्र र गणतन्त्रमा मधेसको नाममा शोषित पीडित माथि शासन गरेका छन् उहाँले भन्नुभयो – “डोम हरिजन, दुषाध, मुसलमान उनीहरुकै कारण थिचोमिचोमा परेका हुन् ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts