Friday, December 11, 2015

दुर्घटनामा बाबु र छोरीको मृत्यु

बनेपा, २५ मङ्सिर । काभ्रेपलाञ्चोकको उग्रताराजनगाल वडा नं ६ स्थित अरनिको राजमार्गमा आज भएको दुर्घटनामा एक नाबालिकसहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछाप स्थायी घर भई अस्थायीरुपमा बनेपामा बस्दै गरेका २८ वर्षीय रामचन्द्र कार्की र पाँच वर्षीया नाबालिक रक्षा कार्की रहेका छन् । उनीहरु बाबु र छोरी रहेको प्रहरीले जनाएको छ ।
बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १०११ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा६७प ४४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
घटनापछि ट्रक चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts