Monday, December 7, 2015

ग्यास बुलेट दुर्घटनामा

इटहरी, २१ मङ्सिर । पूर्वपश्चिम राजमार्गको सुनसरीको पकलीस्थित सडकमा १७ टन ग्यास बुलेट आज बिहान दुर्घटना भएको छ ।

भारतको बरौनीबाट जोगवनी नाका हुँदै नेपाल छिरेको एच आर ४७६५ नंंको ग्यास बुलेट पल्टिएपछि त्यसका चालक सामान्य घाइते भए पनि अप्रिय घटना भने नभएको प्रहरीले बताएको छ । बुलेटमा रहेको ग्यास चुहिन नदिन प्राविधिक टोलीसमेत परिचालन गरिएको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts