Friday, December 11, 2015

किसानलाई इन्धन उपलब्ध गराउन माग

काठमाडौँ, २५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठनले ग्यास, डिजेल, पेट्रोललगायत अत्यावश्यकीय इन्धन किसानलाई आपूर्ति गर्न माग गर्दै आज नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको छ ।

सङ्गठनका अध्यक्ष गोपी दाहालको नेतृत्वमा आज गएको किसानको प्रतिनिधिमण्डलले निगममा पत्र बुझाएको हो । उक्त कार्यक्रममा अध्यक्ष दाहालले अहिले खेतमा धान काट्ने तथा चुट्ने कार्य समयमै गर्नुपर्ने तथा खेतमा ट्रयाक्टरको प्रयोगका लागि डिजेलको आवश्यक रहेको हुँदा कृषकलाई उनीहरुको खेतीको अनुपातमा इन्धन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनका उपाध्यक्ष नवीन शाहीले भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा कृषि क्षेत्र नराम्रोसँग प्रभावित भएको बताउँदै फलफूल तथा बालीनाली स्याहार्नका लागि कृषकलाई इन्धन, मल, बीउविजनलगायतको खाँचो रहेकाले त्यसको सहज आपूर्ति व्यवस्था मिलाउनका लागि निगमलाई पत्र बुझाइएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts