Friday, December 11, 2015

नृत्य प्रतियोगिता

त्रिशूली(नुवाकोट), २५ मङ्सिर । पहिलो पटक नाट्येश्वर कला केन्द्रको आयोजनामा जिल्लास्तरीय खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
त्रिशूली बजारमा आज आयोजित प्रतियोगिताको फेडेरेसन अफ इन्टरनेसनल डान्स एसियाका महानिर्देशक रामचन्द्र कोइरालाले उद्घाटन गर्दै नुवाकोटमा कला क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतियोगितामा समूह नृत्यतर्फ सुभेनियर बोर्डिङ स्कुल सङ्गमचोक प्रथम, ब्रिलियन्ट एकेडेमी ढुङ्गे द्वितीय र गुडविल एकेडेमी पिपलटार तृतीय भए । त्यस्तै एकल नृत्यमा उचित तामाङ प्रथम, पूजा शाक्य द्वितीय र अजय अमात्य तृतीय भएको कार्यक्रम संयोजक किरणप्रसाद अधिकारीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts