Sunday, December 27, 2015

आयोगलाई पन्ध्र दिनभित्र लिखित जवाफ पेस गर्र्न सर्वोच्चको आदेश

काठमाडौँ, १२ पुस । सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई कानुनविपरीत पत्र दिई बोलाउनुका कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज कानुनविपरीत पत्र दिई बोलाउनुका कारण पेस गर्न आदेश दिएको हो ।

सो पत्रमा उल्लेख भएबमोजिम कार्य गर्न अन्तरिम आदेशबाट रोक लगाउनुपर्ने वा नपर्ने भन्नेबारेमा छलफल गर्न पनि सर्वोच्चले आयोगलाई बोलाएको छ ।

आदेशमा भनिएको छ– “सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न र अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न अख्तियारलाई बोलाएकोे छ ।” आयोगले गत मङ्सिर १७ गते अख्तियारले पत्र दिई सात दिनभित्र उपस्थित हुन अध्यक्ष दीक्षितलाई पत्र पठाएको थियो ।

काम विशेषले भारत जान लागेका अवस्थामा आयोगबाट खटिएका सुरक्षाकर्मीले विमानस्थलमा आफूलाई कुनै कुख्यात अन्तर्राष्ट्रिय अपराधीलाई जसरी बिनाकारण अनाहकमा दुःख दिएको भन्दै सर्वोच्चमा गत मङ्सिर २९ गते रिट निवेदनमा दायर गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts