महेन्द्रनगर (धनुषा), २३ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला शिक्षा कार्यालय धनुषामा आज तोडफोड गरेका छन् ।
कार्यालयका अनुसार बन्दको अवज्ञा गरेर कार्यालय सञ्चालन गरेको भन्दै केही कार्यकर्र्ताले कार्यालयमा प्रवेश गरेर कुर्सी, टेबल, हाजिरी रजिष्टर, दर्ता चलानी र केही महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएर नष्ट गरिदिएका हुन् । रासस
No comments:
Post a Comment