काठमाडौँ, १८ मङ्सिर । हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका नुवाकोट कल्याणपुरका नक्कले भन्ने बिराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङलाई काठमाडौँ, मनमंैजु बसन्तनगरमा लुकिछिपी बसेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरी आज सार्वजनीक गरेको हो ।
उनी सात वर्षअगाडि नुवाकोट, विदुर बस्ने अनिल श्रेष्ठलाई गोली प्रहार गरी फरार रहेको, गत वर्ष जेठ १४ गते नुवाकोटको विदुरमा प्रहरी टोलीमाथि सकेट बम प्रहार गरेको, पुस २४ गते विदुरमै डोलबहादुर घलेमाथि खुकुरी प्रहार गरेको घटनामा सङ्लग्न भई फरार रहेका थिए ।
पक्राउपछिको बयानमा उनले नुवाकोटमा रहेको आफ्नो घरमा एक थान पेस्तोल लुकाई राखेको छ भन्ने जानकारी दिएपछि प्रहरी टोली गई खान तलासी गर्दा चोकोस्लाभियामा बनेको एक थान पेस्तोल, म्याग्जिन एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको महाशाखाले जनाएको छ । रासस
No comments:
Post a Comment