काठमाडौँ, २४ मङ्सिर । नेपाल क्लियरिङ हाउस लि र हिमालयन बंैक लिबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा क्लियरिङ हाउस लिका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले हस्ताक्षर गर्नुभयो ।
सम्झौताबमोजिम क्लियरिङ हाउस लिले बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउनेछ । सो प्रणालीमार्फत कम्पनीसँग आबद्ध बंैक तथा वित्तीय संस्थामा ग्राहक आफँैले कुनै पनि खातामा भुक्तानी दिन र लिन सक्नेछन् ।
ग्राहकको रकम स्थानान्तरण, नाफा भुक्तानी, बिल भुक्तानी, किस्ता भुक्तानी, सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरण÷तलब भुक्तानी, विप्रेषणलगायत सबै प्रकारका भुक्तानी दिने तथा लिने सेवा सो प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाले गर्न सक्नेछन् । रासस
No comments:
Post a Comment