Thursday, December 10, 2015

पहिलो पटक दार्चुला–काठमाडौँ बस सञ्चालन

बैतडी, २४ मङ्सिर । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलो पटक दार्चुला–काठमाडौँ बस सेवा सुरु गरेको छ ।

दार्चुलामा आज एक कार्यक्रम गरी सो सेवा शुभारम्भ गरिएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताउनुभयो । दुर्गम ठाउँका यात्रुको मर्कालाई ध्यानमा राखी पहिलोपटक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

प्रतियात्रु काठमाडौँसम्मको भाडा रु दुई हजार ५६० निर्धारण गरिएको छ । दार्चुलाबाट बिहान ७ बजे र काठमाडौँबाट मध्याह्न ११ः४५ बजे बस छुट्ने समितिले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts