Monday, December 7, 2015

जुटमिल संरक्षणका लागि आन्दोलन

पथरी (मोरङ), २१ मङ्सिर । विराटनगर जुट मिलको भौतिक सम्पती रु पाँच लाखमा बिक्री गरेको आरोप लगाउँदै संयुक्त सङ्घर्ष नागरिक दबाब समितिले आन्दोलनको घोषणा गरेको छ ।

विराटनगर जुटमिल सञ्चालक समितिले करोडौँ मूल्यपर्ने भौतिक सम्पति रु पाँच लाखमा बिक्री गरेको भन्दै संयुक्त सङ्घर्ष नागरिक दबाब समितिले आन्दोलनको घोषणा गरेको हो ।

पन्ध्र महिनादेखि बन्द रहेको विराटनगर समितिले विराटनगर रानीस्थित जुटमिलमा आज पत्रकार सम्मेलनको आयोजना गरी मिल सञ्चालनका लागि समितिलाई निवेदन दिइएको तर बेवास्ता गरेपछि बाध्य भएर आन्दोलको कार्यक्रम घोषणा गरेको जनाएको छ ।

संयुक्त सङ्घर्ष समितिका अध्यक्ष नानीकाजी श्रेष्ठले मिल सञ्चालक समितिले १५ दिनभित्र सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि सञ्चालन गर्नेतर्फ नभई भौतिक संरचना बिक्री गर्नेतर्फ ध्यान केन्द्रित गरेको आरोप लगाउनुभयो । सङ्घर्ष समितिले मिल बचाउन र सञ्चालनका लागि आन्दोलनको घोषणा गरेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts