Monday, December 7, 2015

राष्ट्रिय महिला डबल लिग भलिबल

काठमाडौँ, २१ मङ्सिर । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन ब्ल्यू स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब विजयी भएको छ ।

नयाँ बसपार्कमा आज भएको सो प्रतियोगितामा विभागीय टोली एपिएफले यसै वर्षबाट प्रतियोगितामा सहभागी भएको त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । एपिएफले आर्मीलाई २५–१०, २५–१८, र २५–१५ को सोझो सेटमा पराजित ग¥यो ।

त्यसैगरी आजै भएको अर्को खेलमा न्यू डायमन्ड क्लबले विन्दावासिनी युवा क्लबलाई ३–० को सोझो सेटमा परजित गर्दै विजयी भयो । न्यू डायमन्डले विन्दावासिनीमाथि २५–१०, २५–१२ र २५–६ को सोझो सेटमा पाखा लागायो ।

सोही स्थानमा भएको खेलमा पश्चिमाञ्चलले पनि बुटवलको एभरेस्ट बोर्डिङ स्कूललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भयो । राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र अरुणा शाही रहेको पश्चिमाञ्चलले एभरेस्टमाथि २५–११, २५–६, र २५–१८ सहज जित निकाल्यो ।

ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगिता विभिन्न १३ टोलीको सहभागिता रहेको छ । जसमा विजेता टोलीले रु दुई लाख ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख ३० हजार पाउनेछ । त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु ७० हजार प्राप्त गर्नेछ भने चौथो स्थान हासिल गर्ने टोलीले रु ४० हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्रतिभावान् खेलाडी, वुमन अफ द सिरिजल र वर्ष खेलाडी घोषित हुने खेलाडीले जनही एक–एक थान स्कुटर प्राप्त गर्नेछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts