Thursday, December 10, 2015

जिप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा (प्युठान), २४ मङ्सिर । प्युठानसँगको सीमाक्षेत्र पर्ने रोल्पाको सुलीचौरमा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सुलीचौर बजारबाट पाङतर्फ जाँदै गरेको लु १ त ५६२५ नंको जिप पाङ–८ लालुबागमा दुर्घटना हुँदा जिपका सहचालक पाटे गुम्चालका सेते र पाङ–९ का गनवीर खत्रीको मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा १२ जना घाइते भएकामा सातको अवस्था गम्भीर रहेकाले सामान्य उपचारपछि नेपालगन्ज पठाइएको रोल्पा प्रहरीले जनाएको छ । जिप सडकबाट झन्डै ४० मि तल खसेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts