दाङ, २७ मङ्सिर । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले नेपालको गरिबी र बेरोजगारी अन्त्य गर्न आर्थिक क्रान्तिमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नयाँ शक्ति अभियान दाङले आज घोराहीमा आयोजना गरेको वर्तमान सङ्कट समाधानमा नयाँ शक्तिको आवश्यकता विषयक बृहत् अन्तक्र्रियामा बोल्दै डा भट्टराईले गरिबी र बेरोजगारी हटाउन निर्वाहमुखी व्यवसायलाई आधुनिक अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
कागजमा धेरै परिवर्तनका कुरा लेखिसकिएको भन्दै संयोजक डा भट्टराईले अब व्यावहारिक आर्थिक रुपान्तरणका लागि नयाँ सोच र शक्तिको आवश्यकता रहेकामा जोड दिनुभयो । डा भट्टराईले भन्नुभयो– “निर्वाहीमुखी कृषि र व्यवसायलाई औद्योगिकीरण गर्दै आधुनिक अर्थतन्त्रसँग जोड्नैपर्ने हुन्छ, त्यसैका लागि नयाँ शक्तिको उदय भएको हो ।”
नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत (माओवादी)मा आफूले अहिले खासै फरक नदेखेको टिप्पणी गर्दै डा भट्टराईले पुरानै पार्टीबाट आर्थिक विकास र परिर्वतन नहुने ठोकुवासमेत गर्नुभयो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता र दलका नेतामा देखिएको भ्रष्टाचारजन्य चरित्रले पनि विकासमा अवरोध आएको धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment