Sunday, December 20, 2015

सशस्त्र प्रहरीका कामु प्रहरी महानिरीक्षक राईलाई दज्र्यानी चिह्न

काठमाडौँ, ५ पुस । सशस्त्र प्रहरी बलका कायममुकाम प्रहरी महानिरीक्षक दुर्जकुमार राईलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले राईलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

सो अवसरमा मन्त्रालयका र सशस्त्र प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गतेको निर्णयले राईलाई सशस्त्र प्रहरीको कामु महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

आज पद बहाली गर्नु भएपछि महानिरीक्षक राईले राष्ट्र र आम नागरिकको सेवा र सुरक्षामा पेसागत इमान्दारिताका साथ कर्तव्यनिष्ट रही जनताले प्रत्यक्ष महसुस गर्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन दत्तचित्त रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँ २०४३ साल फागुन ३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गर्नु भई २०५८ वैशाख ४ गते सशस्त्र प्रहरी बलमा सेवा परिवर्तन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts