भक्तपुर, २८ मङ्सिर । उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्षमा कृष्णप्रसाद अवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सङ्घको आज सम्पन्न २८ औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि अवालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सङ्घका प्रथम उपाध्यक्षमा रामप्रसाद प्रजापति तथा सदस्यमा ऋषि अमात्य, कृष्णमुरारी न्यौपाने, चूडामणि कायस्थ, प्रदीप श्रेष्ठ, विजयशङ्कर प्रधानाङ्ग, महेशबहादुर धौवन्जार, रविनारायण कायस्थ, राजन श्रेष्ठ, राजमृगेन्द्र जोशी, राजेश शिल्पकारलगायत चयन हुनुभएको छ । पाँच सदस्य पछि मनोनयन गरिने बताइएको छ । रासस
No comments:
Post a Comment