पाँचथर, ५ पुस । पूर्व सभामुख सुवास नेम्वाङले संविधानमा नअटाएका कुरालाई संशोधनमार्फत थप्दै जान सकिने बताउनुभएको छ ।
पाँचथरको फिदिममा जनताको संविधान जनताकै माझमा अभियानलाई आज सम्बोधन गर्दै उहाँले मधेसी, आदिवासी, दलितलगायत समुदायका सबै भावना संविधानमा प्रतिविम्बित नभए पनि धेरै भएको दाबी गर्नुभयो ।
पूर्व सभामुख नेम्वाङले अब नाकाबन्दी जस्तो आन्दोलन जनताले मन नपराउने भएकाले नाकाबन्दी नगर्न अनुरोध गर्दै संविधान बहिष्कार गर्ने आन्दोलनरत मधेसी मोर्चालाई संवाद र वार्तामा बस्न आग्रह गर्नुभयो
रासस
No comments:
Post a Comment