Thursday, December 10, 2015

संसद्को बैठक अझै बसेन

काठमाडौँ, २४ मङ्सिर । अपराह्न ३ बजेका लागि बोलाइएको व्यवस्थापिका–संसद्को बैठक अहिले साँझ ६ बजेसम्म पनि बस्न सकेको छैन ।

बैठकका लागि कार्यसूची तय भइसके पनि कसले पहिले बोल्ने भन्ने विषयमा विवाद भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पहिले बोल्न पाउनुपर्ने भनी अडान राखिरहेकोे र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि पहिले आफूहरुलाई बोल्न दिइनुपर्ने भनाइ राखिरहेको बुझिएको छ ।

मोर्चा र सङ्घीय समावेशी मधेसी गठबन्धनले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण विधेयक संसद्को आजको बैठकमा प्रस्तुत गर्न सहयोग गर्ने जनाएका छन् । आजको बैठकका लागि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट प्राप्त पत्र पढेर सुनाउने र पुनर्निर्माण विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts