Thursday, December 10, 2015

माइक्रोबस दुर्घटनामा मृत्यु

काठमाडौँ, २४ मङ्सिर । आज बिहान कागेश्वरी मनोहरा नगरपालिका–७ गोकर्ण रिसोर्ट अगाडि माइक्रोबस दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

थलीबाट जोरपाटीतर्फ आउँदै गरेको बा१ज ९७२९ नंको माइक्रोबस ब्रेक फेल भई दुर्घटना हुँदा २४ वर्षीय विनोद रानाको घटनास्थलमै मृत्यु भएको हो ।

विपरीत दिशाबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । माइक्रोबसमा सवार अन्य नौ जना सामान्य घाइते भएका छन् । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts