Thursday, December 10, 2015

नाकाबन्दी मानवीय हितविपरीत – नेता खड्का

इलाम, २४ मङ्सिर । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खडकाले भारतले गरेको अघोषित नाकाबन्दी मानवीय हितविपरीत भएकाले तत्काल नाकाबन्दी खोल्न आग्रह गर्नुभएको छ ।

सञ्चारकर्मीसँग आज इलाममा सङ्क्षिप्त कुराकानी गर्दै उहाँले भारतीय नाकाबन्दीले आम नेपाली जनताले दुःख र सास्ती खेप्नुपरेकाले मधेसी मोर्चाको माग नाकामा अवरोध गरेर होइन् वार्ता र छलफलको माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो पार्टीले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई छिट्टै पास गरेर मोर्चाको माग सम्बोधन गरी मुलुकलाई निकास दिनुपर्नेमा उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १३ आँै महाधिवेशनबाट स्वच्छ नेतृत्व चयन गर्न आफू जिल्ला भ्रमणमा निस्किएको उल्लेख गर्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts