Friday, December 4, 2015

रु अढाई अर्बको लागतमा चिनी मिल

भीमदत्तनगर, १८ मङ्सिर । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा रु दुई अर्ब ५० करोडको लागतमा चिनी मिल सञ्चालनमा ल्याएका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका–१३ मोतीबस्तीमा स्थापना भएको भागेश्वर सुगर मिलले बिहीबारदेखि काम सुरु गरेको छ । सञ्चालक बोगटीका बुबा लालबहादुर बोगटीले मिलले काम थालेको जानकारी दिनुभयो ।

“मिलले उखु पेल्न सुरु गरेको छ” उहाँले भन्नुभयो । एक दिनमा २० हजार क्विन्टल चिनी उत्पादनको क्षमता रहेको मिलमा ७०० मजदुरले रोजगारी पाउने बोगटीको भनाइ छ ।

जिल्लाकै उखु उत्पादनको केन्द्र मानिएको जिल्लाको दक्षिणी क्षेत्रमा केही वर्षअघि पनि महाकाली सुगर मिल स्थापना भएको थियो । मिल सञ्चालनमा आएसँगैं सो क्षेत्रका उखु किसान खुसी भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts