Tuesday, December 8, 2015

नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट : उपसभापति पौडेल

म्याग्दी, २२ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभामार्फत जारी भएको नेपालको नयाँ संविधान दक्षिण एसियाकै उत्कृष्ट भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस म्याग्दीले सुरु गरेको ‘जनताको आँगनमा नेपाली काँग्रेस’ अभियानको आज बेनीमा उद्घाटन गर्दै उहाँले नयाँ संविधानले जनतालाई अधिकार सम्पन्न गराएको बताउनुभयो ।

सबै वर्ग, क्षेत्र र समुदायलाई अधिकार सम्पन्न गराएको नेपालको नयाँ संविधान दक्षिण एसियाकै प्रगतिशील रहेको उहाँले बताउनुभयो । संविधान निर्माणपश्चात मुलुकमा विकासका लागि सम्भावनाको ढोका खोलेको बताउँदै उपसभापति पौडेलले संविधानलाई कार्यान्वयन गराउन सबै दलहरुबीच एकताको खाँचोमा जोड दिनुभयो ।

आन्दोलनरत मधेसी दलहरुले संविधानको बारेमा भ्रम सिर्जना गरेकोतर्फ सङ्केत गर्दै उहाँले संविधानमा अपुग कुरालाई संशोधनमार्फत थप गर्दै लैजान सकिने व्यवस्था रहेकाले सुरुमै यसको विरोध गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

सत्ता र सरकार क्षणिक हुने टिप्पणी गर्दै उहाँले काँग्रेस सरकार बाहिर भएपनि मुलुकको अहिलेको सङ्कट काँग्रेसको नेतृत्वमा मात्रै समाधान हुने दाबी गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts