Tuesday, December 8, 2015

मधेस आन्दोलनको अनुगमनलाई आयोगले निरन्तरता दिने

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय मानवअधिकार आयोगले मधेस आन्दोलनको अनुगमन÷अनुसन्धान गर्ने कार्यलाई पुनः निरन्तरता दिने भएको छ ।

गत मङ्सिर १७ गते सर्लाही जिल्ला नवलपुरको जुटपानीमा आयोगको अनुगमन टोलीमाथि भएको आक्रमण तथा गाडीमा भएको तोडफोडपछि आयोगले असुरक्षाको कारण देखाउँदै अनुगमन स्थगित गरेको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आयोगले गरेको छलफलमा मोर्चाका नेताले अनुगमन टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा आयोगको अनुगमन टोलीलाई सहयोग गर्ने बताएपछि आयोगले पुनः अनुगमन सुरु गर्न थालेको आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, तराई मधेस सद्भावना पार्टीका रामनरेश राय, सङ्घीय समाजवादी फोरम नेपालका लालबाबु राउत र मधेसी बुद्धिजीवीसहितको छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले अनुगमन कार्यलाई निरन्तरता दिने भन्दै अनुगमन गर्ने संवैधानिक दायित्वअनुरुप आयोग चल्ने बताउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts