Wednesday, December 9, 2015

गाँजा र कोरेक्ससहित तीन पक्राउ

सप्तरी, २३ मङ्सिर । सप्तरीको पसेरा गाविस–५ स्थित रामकृष्ण चौधरीको घरमा लुकाई राखिएको लागुऔषध कोरेक्ससहित तीनजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडोरबनाबाट गएको प्रहरी टोलीले चौधरीको घरमा दुईवटा झोलामा लुकाई राखिएका १९८ थान लागुऔषध कोरेक्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

प्रहरीले कोरेक्स ओसारपसारमा संलग्न रहेका ससेरा गाविस–५ का रामकृष्ण चौधरी, रामप्रसाद चौधरी र हरिदेव सदालाई पक्राउ गरेको छ ।

यस्तै, सप्तरी र सिरहाको बीचमा पर्ने बलान खोलाबाट सप्तरी प्रहरीले गाँजा बरामद गरेको छ ।

करिब छजनाको समूहमा रहेको गाँजा तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा टिकुलिया गाविस–८ बलान खोलाबाट गाँजा बरामद गरिएको हो । बरामद गाँजाको परिमाण खुलाइएको छैन । तस्करहरु भने भाग्न सफल भएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts