Wednesday, December 9, 2015

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका कार्यबाहक प्रमुख र राजदूतको भेट

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका कार्यबाहक प्रमुख क्रेग स्यान्डोर्स र विभिन्न देशका राजदूतले आज भेट गरी नेपालमा देखिएको इन्धन समस्याका बारेमा छलफल गर्नुभएको छ ।

स्यान्डोर्ससहित नेपालका लागि बेलायतका राजदूत एन्ड्र जेम्स स्पाक्सर्कस, अस्टे«ेलियाका राजदूत ग्लेन ह्वाइट, स्विट्जरल्याण्डका राजदूत डा अर्स हेरेन, अमेरिकी दूतावासका चार्ज दि अफेयर्स जोन कारवाइलले प्रधानमन्त्रीसँग संयुक्त रुपमा भेटी छलफल गर्नुभएको हो ।

भेटमा इन्धन सङ्कट र त्यसले पारेको मानवीय सङ्कटका बारेमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका वैदेशिक मामिला विज्ञ गोपाल खनालले जानकारी दिनुभयो ।

उहाँहरुले नेपालको अहिले देखिएको मानवीय सङ्कटमा सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

उहाँहरुले विभिन्न विकास साझेदारले पहाडी जिल्लामा गरिरहेको मानवीय सहयोगको कार्यक्रम इन्धनको अभावका कारण सञ्चालन गर्न अप्ठ्यारो परिरहेको बताउँदै ती कार्यक्रमका लागि आवश्यक इन्धनको व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्रीले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै मानवीय सहयोगका कार्यक्रमका लागि आवश्यक इन्धनको व्यवस्था मिलाउने बताउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts