Thursday, December 10, 2015

चार महिनादेखि बन्द रहेका बजार र यातायात खुले

परासी, २४ मड्सिर । विगत चार महिनादेखि नवलपरासीमा बन्द रहेको बजार र सार्वजनिक यातायातका सवारी साधन आजबाट पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

मधेसी मोर्चाको आन्दोलनका कारण विगत लामो समयदेखि बन्द रहेको सदरमुकाम परासीसहित सम्पूर्ण दक्षिणी क्षेत्रमा यातायातका सवारी साधन र बजार पूर्णरुपमा सञ्चालनमा आएका हुन् ।

लामो समयपछि यातायात र बजार खुलेपछि सर्वसाधारणले राहत महसुस गरेका छन् । आन्दोलनरत मोर्चाले आजबाट बजार र यातायातसमेत सञ्चालन गर्न दिएपछि बन्द रहेको जिल्लाको सदरमुकाम परासीसहित, गोपीगन्ज, महेशपुर, सेमरीलगायतका मुख्य बजारमा व्यवसाय र यातायात सञ्चालनमा आएका हुन् ।

उद्योग वाणिज्य सङ्घ र मध्य नेपाल यातायात व्यवसायी समितिको आग्रहमा मोर्चाले बन्दलाई खुकुलो पारेपछि चार महिनादेखि बन्द रहेका यातायात र बजार खुलेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts