काठमाडौँ, २४ मङ्सिर । अहिलेको असहज परिस्थितिले मानवअधिकार हनन भएको आज आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।
सत्सट्ठीऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भमा राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रले आज आयोजना गरेको कार्यक्रममा वक्ताले मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दीले उब्जाएको परिस्थितिलाई सरकारले व्यवस्थित गर्न नसक्दा जनताको अधिकार हनन भएको बताए ।
कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले जहाँ जनताको मावनअधिकारको रक्षा हुँदैन त्यहाँको विकास सम्भव हुँदैन भन्नुभयो ।
पूर्वन्यायाधिवक्ता मुक्ति प्रधानले मधेस आन्दोलन र भारतीय नाकाबन्दीले देशको विकासलाई १६औँ शताब्दीमा पु¥याएको धारणा राख्नुभयो ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले अहिले देशमा देखिएको अवस्थाका कारण मानवअधिकारको नयाँ परिभाषाको आवश्यकता भएको बताउनुभयो । मानवअधिकार सरोकार केन्द्रका अध्यक्ष विश्वप्रकाश भण्डारीले राजनीतिक खिंचातानीमा जनताको मानवअधिकार छायामा परेको बताउनुभयो । रासस
No comments:
Post a Comment