विराटनगर, २६ मङ्सिर । दुई दिनदेखि अवरुद्ध रहेको विराटनगर विमानस्थल आजबाट पुनः सुरु भएको छ ।
लगातार दुई दिनसम्मको बाक्लो हुस्सुका कारण अवरुद्ध रहेको विमान सेवा आज मध्याह्नदेखि मौसममा सुधार भएपछि सुचारु भएको हो ।
विराटनगर विमानस्थलमा विमान अवतरण गर्नका लागि न्यूनतम एक हजार ६०० देखि दुई हजारसम्म ‘भिजिविलिटी’ चाहिएकामा आज सोअनुरुपको मौसम भएपछि विमान सेवा सुचारु भएको विराटनगरस्थित नागरिक उडड्यन कार्यालयले जनाएको छ ।
दैनिक काठमाडौँबाट विराटनगर करिब एक दर्जन विमान आवतजावत गर्छन् ।
रासस
No comments:
Post a Comment