काठमाडौं, २५ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारत सम्बन्ध नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।
नेकपा (एमाले) बाँके–काठमाडौं सम्पर्क मञ्च सातौं सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री गौतमले भारतले असल छिमेकीको व्यवहार देखाउन नसकेको बताउनुभयो ।
भारतले घोषित नभने पनि नाकाबन्दी नै भएको कुरा कसैबाट नलुकेको दाबी गर्दै उहाँले मधेशवादी दलका नेतालाई दशगजा क्षेत्रमा संरक्षण गरेकाले भारतकै इसारामा नाकाबन्दी भएको जिकिर गर्नुभयो ।
सो अवसरमा एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य यामलाल कँडेल, बाँकेका सांसदत्रय देवराज भार, दलबहादुर सुनार र दिनेशचन्द्र यादव तथा एमाले बाँकेका सचिव रत्न खत्रीलगायतले सम्मेलनको सफलताको कामना गर्नुभएको थियो । रासस
No comments:
Post a Comment