Tuesday, January 5, 2016

यथार्थ सूचना प्रवाह गर्न प्रधानमन्त्रीद्वारा युवालाई आग्रह

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले तराईका जनतालाई उपलब्ध गराएका अधिकारका बारेमा त्यस क्षेत्रमा फैलिएका विभिन्न भ्रमलाई अन्त्य गरी यथार्थ सूचना प्रवाह गर्न युवालाई आग्रह गर्नुभएको छ ।

युवा सङघ नेपालका पदाधिकारीले साङ्गठनिक तथा विभिन्न विषयमा तयार गरेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै उहाँले युवा सङ्घको सक्रियताका कारण एमालेको गौरव तथा प्रतिष्ठा बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले निर्माण गर्न लागेको युवा परिषद्मा युवाको सहभागिता बढाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै सङ्घका माग र सुझावप्रति आफू सकारात्मक भई कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घका प्रवक्ता प्रभातविक्रम कट्ुवालले जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घका इन्चार्ज एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सहइन्चार्ज निरु पालको सहभागितामा सङ्घका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्तलगायतका पदाधिकारीले कालोबजारी नियन्त्रण गर्न तथा सङ्घले मधेसमा सञ्चालन गरेको अभियानबारे जानकारी गराउनुभयो ।

तराईमा तत्काल एमालेले पार्टी कमिटीसहित सबै जनवर्गीय कमिटी परिचालन गर्नुपर्ने, जारी संविधानका विषयमा मधेसमा भएका मिडियामार्पmत व्यापक प्रचार–प्रसार गर्न पनि सरकारलाई सुझाइएको छ भने मधेसका जायज मागका बारेमा संविधान संशोधनमार्पmत सम्बोधन गर्नुपर्ने उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts