Tuesday, January 5, 2016

गाँजासहित भारती वाहन बरामद

पर्सा, २१ पुस । पर्सा प्रहरीले आज भारी परिमाणमा गाँजासहित एउटा भारतीय नम्बरको वाहन बरामद गरेको छ ।

विशेष सुराकीका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट सादा पोसाकमा खटिएका प्रहरीले ४० केजी गाँजासहित भारतीय नम्बरप्लेटको वाहन बरामद गरेको हो ।

सिर्सिया सुक्खा बन्दरगाहाबाट गाँजा लिएर सिर्सिया भन्सारतर्फ जाँदै गरेको बी आर २२ पी.ए १०३९ नम्बरको बोलेरो जिपबाट प्रहरीले चारवटा पोकामा रहेको गाँजा बरामद भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।

प्रहरी पुग्ने बित्तिक्कै गाडीका चालक र तस्कर गाँजासहितको गाडी छाडेर फरार भएकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको प्रहरी निरीक्षक अदालतले बताउनुभयो ।

बरामद गाँजासहितको गाडी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । बरामद गाँजा नष्ट गरिने र वाहनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts