Tuesday, January 26, 2016

किसानका लागि हाटबजार

दैलेख, १२ माघ । जिल्लामै पहिलो पटक पशु तथा कृषिको संयुतm हाटबजार तथा सेवा प्रदान सुरु गरिएको छ ।

जिल्लाको बेलपाटामा पशु स्वास्थ्य शिविर, कृषि तथा पशु उपज हाटबजार सुरु गरिएको हो । बेलपाटा दुग्ध उत्पादन सहकारी संस्था, सामुदायिक कृषि तथा पशु सेवा केन्द्र र हाटबजार व्यवस्थापन समितिको आयोजनामा उक्त हाटबजार सुरु गरिएको हो । कृषि वस्तुको प्रदर्शनी तथा बिक्री हाटबजारमा गरिएको हो ।

हाटबजारको उद्घाटन गर्दै जिल्ला पशु सेवा कार्यालयका प्रमुख अमृतकुमार मास्केले गुणात्मक र उत्पादनशील पशु पाल्नुपर्नेमा जोड दिनुभयो । पशुको कृत्रिम गर्भाधान तथा नश्ल सुधार गरेमा उत्पादन राम्रो हुने उहाँको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts