Monday, January 25, 2016

किलिमन्जारो आरोहण गर्ने पण्डित सम्मानित

काठमाडौँ, ११ माघ । उल्टो हिँडेर अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गर्न सफल कीर्तिमानी पर्वतारोही तथा धावक सञ्जय पण्डितलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आज सम्मान गर्नुभयो ।

पण्डितले करिब डेढ महिना अघि उल्टो हिँडेर अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गर्नुभएको थियो । त्यस्तै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा, मनास्लु, जापानको सर्वोच्च शिखर फुजी, अफ्रिकाको किलिमन्जारो, अमेरिका, अस्ट्रेलियालगायतको महादेशका सर्वोच्च शिखरसमेत आरोहण गरिसक्नुभएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले धावक पण्डितको आगामी आरोहणमा आफूले सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।

धावक पण्डितले भने नेपाल सरकारको यस किसिमको सम्मानले आफूलाई हिमाल आरोहण गर्न थप हौसला मिलेको बताउनुभयो । उहाँ अहिले यसै वर्षको अन्त्यतिर अन्टार्टिकाको सर्वोच्च शिखर विन्सोंन मशिफ आरोहण गर्ने तयारीमा हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts