Tuesday, January 19, 2016

दुर्घटनामा एकको मृत्यु, ३० घाइते

धादिङ, ५ माघ । कालुपाण्डे मार्गअन्तर्गत धादिङको कुम्पुर गाविसको परेवाटारमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धादिङको ढोला मण्डलीमा पूजा गरेर फर्किएका यात्रु चढेको ट्याक्टर दुर्घटनामा ३० जना घाइते भएका छन् ।

घुम्तीमा अनियन्त्रित भई सडकमै पल्टिँदा गजुरी गाविस–१ का खड्गबहादुर उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका उप्रेतीको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

बा५च ४९१८ नम्बरको ट्याक्टर पल्टिँदा घाइते भएका अन्य यात्रुमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको गजुरीकै अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts