Tuesday, January 19, 2016

प्रतिष्ठानको नाम परिवर्तन नगर्न आग्रह

काठमाडौँ, ५ माघ । कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठानको नाम परिवर्तन गर्न लागिएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

युनियनले नेपाल पत्रकार महासङ्घका संस्थापक सभापतिलाई सम्मान दिने उद्देश्यले प्रतिष्ठानसँग उहाँको नाम जोडिएकोे भन्दै नाम परिवर्तन नगर्न आग्रह गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज एक विज्ञप्ति प्रकाशित गरी प्रतिष्ठानको नाम परिवर्तन नगर्न आग्रह गर्नुभएको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले सो प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts