Tuesday, January 19, 2016

कला साहित्यले राष्ट्रिय एकताको सुत्रमा बाँधेको छ : प्रम ओली

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटै प्रज्ञा प्रतिष्ठानलाई साधन र स्रोतले सम्पन्न बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र प्राज्ञको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजका अवसरमा प्रधानमन्त्री ओलीले साधन तथा स्रोत सम्पन्न बनाइने र कुनै पनि अभाव हुन नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कला साहित्यले मुलुकलाई राष्ट्रिय एकताको सूत्रमा जोड्ने काम गरेको भन्दै त्यसलाई थप समृद्ध बनाउने प्रयासमा सरकार लागेको उल्लेख गर्नुभयो ।

हिमाल, पहाड, तराईका जनतालाई एकीकृत भावनाका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले कला र साहित्यलाई परिस्कृत र मर्यादित बनाउँदै राष्ट्र र जनताको सेवामा लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले नेपालको पहिचान नै नेपाली कला तथा संस्कृति भएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले ललितकलाको क्षेत्रलाई थप समृद्ध र प्रभावकारी बनाउन के के गर्न सकिन्छ त्यसबारेका प्रष्ट योजनाका साथ आउन समेत आग्रह गर्नुभयो । प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले प्रतिष्ठानको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

दोस्रो जनआन्दोलनको सफलतासँगै सरकारले कला, साहित्य र सङ्गीतको क्षेत्रलाई परिस्कृत र मर्यादित एवम् व्यवस्थित बनाउने उद्देश्यले तीन फरक प्रतिष्ठान स्थापना गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा भइसकेको छ भने नाट्य तथा सङ्गीत प्रतिष्ठानको भने सभा हुन बाँकी रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts