Tuesday, January 26, 2016

चिनियाँ टोलीलाई निर्देशन

जाजरकोट, १२ माघ । सुनको सम्भाव्यता गरिहेको धर्मश्री माइन नामक चिनियाँ कम्पनीका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्रसहित आउन आदेश दिएको छ ।

भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि उत्खननको काम गरिरहेको छ । सम्भाव्यताको काम गरिहेको टोलीलाई प्रमाणपत्रसहित उपस्थित हुन आदेश दिइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो ।

भेरी नदीको बगरमा धर्मश्री माइन कम्पनीले प्रमाणपत्र नै नवीकरण नगरी जमिनमुनिबाट मेसिनद्वारा ड्रिल गरेर नमुना निकाली अध्ययन गरिरहेको थाहा पाएपछि स्थानीय प्रशासनले यस्तो आदेश दिएको हो । कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts