Tuesday, January 26, 2016

प्रधानमन्त्री ओलीको नामबाट नक्कली आइडी सञ्चालनप्रति ध्यानाकर्षण

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सञ्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गरी केपी ओलीको नाममा खोलिएको फेसबुक खाता प्रधानमन्त्रीको नरहेको जानकारी गराउनुभएकोे छ ।

विज्ञप्तिमा हाल प्रधानमन्त्रीको व्यक्तिगत र ‘अफिसियल’ कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको स्पष्ट गरिएको छ ।

प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा पोस्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नरहन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

हाल प्रधानमन्त्रीका अफिसियल ट्विटर एकाउन्ट २ऊ)लभउब िमात्र सञ्चालनमा रहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts