परासी, १७ पुस । नवलपरासीमा भारतबाट अवैध रुपमा भित्रयाइएको २२ सिलिन्डर र ठूलो परिमाणमा पेट्रालियम पदार्थ प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
लु ११ च ९६०१ नंको पिकअप भ्यानमा राखी लुकाइराखिएको ग्यास भरिएको सिलिन्डर तथा पेट्रोल एक र डिजेल १७ ड्रम नियन्त्रणमा लिइएको हो ।
कालोबजारी गर्न राखिएको सो सिलिन्डर र पेट्रोलियम पदार्थ प्रहरीले नियन्त्रण लिएको हो । सो क्रममा भ्यानका चालक रामेछाप कठजोर–४ का ४० वर्षीय मकर श्रेष्ठलाई नियन्त्रणमा लिएर सामानसहित आजै भैरहवा राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment