Wednesday, January 6, 2016

धनुषामा भएको सडक दुर्घटनामा १० घाइते

महेन्द्रनगर (धनुषा), २२ पुस । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको चारनाथ पुलमा ट्रक र बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार आज बिहान गणेशमान चारनाथ नगरपालिका–४ मा पर्ने चारनाथ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ३२०३ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ७१८१ नं बस एक आपसमा ठक्कर खाएका थिए ।

घाइतेको सिरहाको कर्जन्हा र धनुषाको लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धरान नपा–८ बस्ने वर्ष ४५ का लक्ष्मी भण्डारी, सुनसरी महेन्द्रनगर–९ बस्ने वर्ष चारका प्रज्ज्वल पौडेल र बस चालक सुनसरी प्रकाशपुर–५ का सागर लिम्बुलाई थप उपचारका लागि विराटनगर र सुनसरी महेन्द्रनगर–९ बस्ने वर्ष ६५ का बालकृष्ण पौडेललाई थप उपचारका लागि धरान पठाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts