बैतडी, १७ पुस । दार्चुला जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ ।
मध्याह्न १२ बजेर ३९ मिनेटमा दार्चुला सदरमुकामबाट ४० किमी पश्चिम भारतमा केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तीर्थ दाहालले जानकारी दिनुभयो ।
भूुकम्पले कुनै क्षति भने नभएको दार्चुला प्रहरीले जनाएको छ । यसअघि पुस ११ गते पनि पश्चिमकै बाजुरा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । रासस
No comments:
Post a Comment