Friday, January 1, 2016

मेरो टोपी कैलाशको शिरजस्तो

काठमाडौँ, १७ पुस । आज संसारभर तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ ।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रवद्र्धन गर्ने उद्देश्यका साथ सन् २०१४ जनवरी १ देखि संसारभर यो दिवस मनाउन सुरु गरिएको हो । पश्चिमा संस्कृतिको प्रभावमा विशेषगरी नेपाली युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको टोपी दिवसका संयोजक डा लेखनाथ काफ्लेले जानकारी दिनुभयो ।

“नेपाली र गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवद्र्धन र विस्तार गरौँ, जनवरी १ लाई नेपालीपनले मनाऔँं”–उहाँले भन्नुभयो ।

नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवद्र्धन भइरहेको अहिलेको अवस्थामा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको उल्लेख गर्दै उहाँले शताब्दीऔँदेखि प्रयोग भइरहेको नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले तीन वर्षददेखि सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले आज दिन आआफ्नो आफ्नो स्थान र अवस्थाअनुसार नेपाली टोपी लगाएर तस्बिर खिँच्न र सामाजिक सञ्जालमा राख्न समेत अभियानले आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts