Thursday, January 28, 2016

पर्यटकीय गन्तव्यको पुनःनिर्माण सुरु

काठमाडौँ, १४ माघ । सरकारले भूकम्पबाट क्षति भएका प्रमुख पर्यटकीय गन्तव्यको पुनःसंरचनाको काम सुरु गरेको छ ।

पर्यटन विभागले पर्यटन पूर्वाधारको कामलाई गति दिँदै भूकम्पबाट बढी क्षति भएका सात वटा पद मार्गको निर्माणको प्रक्रिया अघि बढाएको छ । विभागका महानिर्देशक गोबिन्दबहादुर कार्कीका अनुसार लाङटाङ, मनास्लु, छो रोल्पालगायत चर्चित पदमार्गको निर्माण प्रक्रिया अघि बढाई प्रभावित क्षेत्रमा प्राविधिक टोली खटिएर स्वरुप तयार गरिसकेका छन् ।

पदमार्ग निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट रु १६ करोड बजेट विनियोजन भई विभागले कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको भूकम्पपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन (पिडिएनए) को विवरणअनुसार भूकम्पबाट पर्यटन क्षेत्रमा रु ८१ अर्ब २४ करोड २० लाखको क्षति तथा नोक्सानी भएको छ ।

प्रतिवेदन अनुसार रु १८ अर्ब ८६ करोड ३० लाखको क्षति र रु ६२ अर्ब ३७ करोड ९० लाखको नोक्सानी भएको छ । यसमा निजी क्षेत्रको रु ७५ अर्ब १० करोड ५० लाख र सरकारीतर्फ रु छ अर्ब १३ करोड ७० लाख क्षति तथा नोक्सानी भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts