Tuesday, January 26, 2016

संविधान संशोधन मान्य छैन : अध्यक्ष यादव

विराटनगर, १२ माघ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले आन्दोलनलाई अझ सशक्त बनाउन सङ्घीयता पक्षधरसँग मिलेर बृहत् मोर्चा बनाउने पनि बताउनुभयो ।

उहाँले सरकार वार्तालाई सफल बनाउनका लागि गम्भीर नभएको उल्लेख गर्दै सरकारले कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts