Tuesday, January 26, 2016

गाईले एकैपटक दुई बाच्छा जन्मायो

बैतडी, १२ माघ । बैतडी जिल्लामा पहिलोपटक आज एक किसानले पालेको गाईले एकैपटक दुइवटा बाच्छा जन्माएको छ ।

श्रीकोट गाविस–२ खिरेगाउँका रामसिंह विष्टले पालेको गाईले आज एकैपटक एउटा बाच्छा र एउटा बाच्छी जन्माएको स्थानीय कृष्ण विष्टले जानकारी दिनुभयो ।

पशु चिकित्सक नारायणदत्त भट्टले बैतडी जिल्लामै यो पहिलो भएको बताउँदै दुई बाच्छा जन्मिनु कुनै आश्चर्य नभएको र जीनका कारणले कहिलेकाँही यस्तो हुने गरेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts