Tuesday, January 26, 2016

आन्दोलन चर्काउने मधेसी मोर्चाको भनाइ

काठमाडौँ, १२ माघ । व्यवस्थापिका–संसद्बाट पारित संविधान संशोधन विधेयकले मधेसी जनताको माग सम्बोधन नभएको भन्दै मधेसी आन्दोलनलाई निरन्तरता दिने विभिन्न सरोकारवालाले बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले व्यवस्थापिका–संसद्बाट पारित संविधानको संशोधन विधेयकले मधेसी मोर्चाको माग सम्बोधन नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उहाँले यसी माघ १८ गते पार्टीको बैठक बसेपछि मात्र आन्दोलनको कार्यक्रमको बारेमा पुनःविचार गरिने विचार व्यक्त गर्नुभयो ।

सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपरेमा पनि मधेसी जनतामाझ गई छलफल गरेर मात्र निर्णय लिने भन्दै मोरङको रङ्गेली घटनाको दोषी सरकार नै भएको आरोप लगाउनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का महामन्त्री जीतेन्द्र सोनलले शीर्ष तीन दलले मधेसी मोर्चाले उठाउँदै आएको मागप्रति गम्भीर नभएको आरोप लगाउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts