Friday, January 1, 2016

न्यूनतम सुविधा उपलब्ध गराउन अतिरिक्त हुलाक सेवा कर्मचारीको माग

काठमाडौँ, १७ पुस । न्यूनतम सेवा र सुविधा उपलब्ध गराउन सुविधाविहीन ११ हजार अतिरिक्त हुलाक कर्मचारीका तर्फबाट आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईसमक्ष २० बुँदे ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईंलगायत पदाधिकारीले पूरा काम पूरा दाम उपलब्ध गराउन, मूल्यवृद्धिको अनुपातमा आगामी आवको बजेटमै तलब वृद्धि गर्न, अतिरिक्त हुलाक नियमावलीमा परिमार्जन गर्न, सेवाबाट हट्न चाहने कर्मचारीलाई उपदान वा क्षतिपूर्ति उपलब्ध गराउनलगायत माग प्रस्तुत गरेका थिए ।

मन्त्री राईले न्यून पारिश्रमिक पाउँदै आएका यी कर्मचारी वास्तवमै मर्कामा परेकाले संविधानमा उल्लेखित समानताको भावनालाई व्यवहारमा उतार्न सरकार लागिपर्नेमा जोड दिनुभयो ।

उहाँले सो विभागलगायत अन्य क्षेत्रका पनि विद्यमान ऐन कानुनमा परिमार्जन गर्नुपर्ने औँल्याउँदै अर्थ मन्त्रालयसँग समन्वय गरेर जायज मागमा जे जति सम्बोधन गर्न सकिन्छ पूरा गरिने आश्वासन दिनुभयो ।

उहाँले कर्मचारीलाई बहानाबाजी नगरी नयाँ ढङ्गले जनतालाई सेवा तथा सुविधा दिन र आफ्ना कामको औचित्यता पुष्टि गर्न पनि सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts