बुटवल (खस्यौली), १७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको आगामी १३औँ महाधिवेशनमा नयाँ सोच, योग्यता र क्षमता भएका तथा पार्टीमा योगदान गरेका व्यक्तिले नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले लोकतान्त्रिक पद्धतिबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो– “नेतृत्व निगाहले होइन, क्षमता र उसको प्रभावकारिताबाट चयन हुनुपर्छ ।”
काँग्रेसभित्रको आन्तरिक लोकतान्त्रिक पद्धति कमजोर भएको बताउँदै उहाँले नीतिमुखीभन्दा पनि पार्टीलाई नेतामुखी बनाइँदा समस्या भएको उल्लेख गर्नुभयो । उहाँले मुलुक सङ्घीयतामा गइसकेकाले पार्टीको विधान संशोधन आवश्यक रहे पनि पार्टीलाई पदको भारी बोकाउने कुरामा आफू विपक्षमा रहेको स्पष्ट पार्नुभयो ।
अहिलेको सरकार चौबाटामा राखिएको घोडाको बग्गी जस्तो दिशाविहीन भएको आरोप लगाउँदै उहाँले मुलुकमा देखापरेको समस्याको समाधान काँग्रेसकै अगुवाइमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment