पाल्पा, १९ पुस । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले ६० र ४० प्रतिशत भागबन्डाका कारण पार्टी कार्यालयमा झिङ्गा भन्किने र नेताका घरमा भीडभाड लाग्ने गरेकामा अब त्यो भत्काउनुपर्ने बताउनुभएको छ ।
नेकाको १३ औं महाधिवेशनमा पार्टी भिजन र मिसन नभएको नेताले यसपालिको निर्वाचनमा पार्टीको नेतृत्व लिन नसक्ने बताउनुभएको छ ।
शेरबहादुर देउवा वा सुशील कोइराला कसलाई नेता बनाउने भन्दा पनि पार्टी सञ्चालन गर्ने मिसन, भिजन भएकासक्षम नेता मात्र पार्टी सभापति हुनसक्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा खड्काले ४० र ६० प्रतिशतका आधारमा अव भागबन्डा भत्काउनका लागि महाधिवेशनमा सक्षम नेताको खोजिमा काँग्रेस लागेको बताउनुभयो ।
देशले परिर्वतनशील संविधान पाएपछि काँग्रेस पनि परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकार परिवर्तनको पक्षमा नरहेको पनि बताउनुभयो ।
सरकार परिर्वतन काँग्रेसभन्दा प्रधानमन्त्री केपी ओलीमा भरपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले संविधानको विपरीत मन्त्रिपरिषद्को सदस्य ४० पु¥याएको र संविधानको विशेषता बताउन गाउँगाउँ जाने जिम्मेवारी लिएको सरकारले संविधान विपरीत मन्त्री थप्न नहुने बताउनुभयो ।
उहाँले केपी ओली मित्र भएकाले छिटो २५ जनाको मात्र मन्त्रिमण्डल बनाउन अनुरोधसमेत गर्नुभयो । सिंहदरबारमा सीमित शासन अब सङ्घीयताले सात स्थानबाट शासन हुने बताउनुभयो ।
संविधान कार्यान्वयनका लागि प्रमुख दल एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रमुख दल एक ठाउँमा भई संविधान जारी भएको र संविधान संशोधन र कार्यान्वयनका लागि पनि दलबीच समझदारी हुनुपर्नेसमेत औँल्याउनुभयो । रासस
No comments:
Post a Comment