तिलोत्तमा (रुपन्देही), १७ पुस । ठूलो मात्रामा अन्तःशुल्कबिनाको मदिरा बरामद गरिएको रुपन्देहीको चिल्हियामा रहेको किसान डिस्ट्रिलरी कारबाहीमा परेको छ ।
उक्त उद्योगलाई आन्तरिक राजस्व कायार्लय भैरहवाले रु नौ लाख ८६ हजार जरिवाना तोक्दै बरामद मदिरा जफत र गाडी लिलाम आज प्रक्रियामा लगिएको प्रमुख कर अधिकृत महाराजाप्रसाद कोइरालाले जानकारी दिनुभयो । यही पुस २ गते प्रहरीले डिस्ट्रिलरीको आधिकारिक डिलर चिल्हियास्थित केडी सप्लायर्सबाट लु १ क ११२६ नंको मिनी ट्रकमा रहेको बिनास्टिकरको एक सय ३३ बाकस ७० युपीको सौफी ब्रान्डको मदिरा बरामद गरेर अनुसन्धानका लागि राजस्व कार्यालयमा पठाएको थियो ।
त्यसपछि कार्यालयले उद्योग बन्द गरेर सुरु गरेको अनुसन्धानका क्रममा उद्योगले हालसम्म खरिद गरेको मदिरा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्प्रिट ६ सय ४४ एलपी लि फरक परेको र त्यसैका आधारमा जरिवाना गरिएको प्रमुख कर अधीकृत कोइरालाले बताउनुभयो । रासस
Friday, January 1, 2016
मदिरा उद्योगलाई जरिवाना
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment